सोसल मिडिया
युनिकोड
सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ । न्यायाधीशहरूबीच राय बाझिएपनि नियुक्ति सदरको निर्णय भएको हो ।
३/२ को अनुपातमा निर्णय सदर भएको हो । तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले नियुक्ति बदर हुनुपर्ने राय राखेका थिए । मनोजकुमार शर्मा र कुमार चुँडालले रिट खारेजको मत राखेका हुन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणको नियुक्ति बदर गरी दोस्रो चरणको सदर गर्नुपर्ने राय प्रस्तुत गरेका थिए।
बाँकी न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालले दुवै चरणका नियुक्ति बदर हुनुपर्ने राय दिएकाले यही रायले फैसलाको मान्यता पाएको छ।