असार १८ गते घर्किएपछि संवैधानिक इजलास बस्यो, १९ गते निर्णय सुनाईदै 

बिहीबार, असार १९, २०८२

विभिन्न संवैधानिक निकायमा झण्डै साढे ४ वर्षअघि गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले निर्णय सुनाउँदैछ । यसका लागि बुधबार मध्यराति १२ बजे संवैधानिक इजलास शुरू भएको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकूल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार ५२ पदाधिकारीको नियुक्ति सम्बन्धमा निर्णय सुनाउन लागेको हो ।

न्यायाधीशहरू फैसला लेख्न व्यस्त भएकोले निर्णय सुनाउन ढिलाइ भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बताएका छन् । १९ गते शुरु भएपछी इजलास सुरु भएको हो। 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ००:०९
प्रतिक्रिया दिनुहोस्