सोसल मिडिया
युनिकोड
सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा आज फैसला सुनाउँदै छ । तर बिहान ११ बजेदेखि प्रधानन्यायाधीशसहित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूबीच छलफल भइरहे पनि अहिलेसम्म फैसला सुनाइएको छैन । रातको १० बजिसक्दा पनि समेत फैसला आउन सकेको छैन।
न्यायाधीशहरूबीच राय बाझिएपछि फैसला आउन ढिलाइ भएको बताइएको छ । स्रोतका अनुसार यो मुद्दामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अल्पमतमा परेका छन् । सोही कारण निर्णय सुनाउन ढिलाइ भएको हो । अहिले पनि प्रधानन्यायाधीशसहित न्यायाधीशहरू बीच छलफल जारी छ ।
यसअघि २८ जेठमा नै फैसला आउने भनिए पनि १८ असारका लागि मिति सारिएको थियो । यस मुद्दामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा बहस भएको हो ।