मधेशको बजेटप्रति नाखुस सीके राउतले मुख्यमन्त्री सतिशलाई यतै झिकाए

आइतबार, असार १५, २०८२

मधेशको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई काठमाडौं बोलाएका छन् ।

जनमतकै नेतृत्वमा सरकार गठन भएको अवस्थामा पनि पार्टीले सिफारिस गरेका योजनाहरू बजेटको रेडबुकमा समावेश नभएको, समावेश भए पनि अत्यन्त न्यून रकम विनियोजन गरिएको भन्दै असन्तुष्ट रहेका डा. राउतले मुख्यमन्त्री सिंहलाई काठमाडाैं बोलाएका हुन् । 

जनमत पार्टी मातहत रहेका मन्त्रालयहरूमा अपेक्षाकृत कम बजेट छुट्याइएकोप्रति पनि उनले आपत्ति जनाएका छन् । १ असारमा बजेट प्रस्तुत भए पनि प्रदेशसभामा बजेटबारेको छलफल सुरु हुन सकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्