निजामती सेवा विधेयक पारित गरेपछि सभामुखले सांसदलाई एक साता दिए बिदा

आइतबार, असार १५, २०८२

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सङ्घीय निजामती सेवा विधेयक पारित गरेको छ ।

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन् ।  

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्