संसदमै च्यातियो निजामती विधेयक, प्रभुले देशैभर आगो बाल्ने

आइतबार, असार १५, २०८२

प्रतिनिधिसभा सांसद प्रभु शाहले निजामति सेवा विधेयकप्रति आपत्ति जनाएका छन्। आइतबार विधेयकमाथि छलफलका क्रममा सांसद शाहले  गरिबको चिरहरण गर्ने यो विधेयक स्वीकार्न नसक्ने भन्दै रोष्ट्रममै च्यातिदिएका हुन्। 

'यो विधेयकलाई नेपाली जनताले स्वीकार्न सक्दैन। यस्तो अपराधिक कामको साक्षी म हुनसक्दैन। सांसदहरू पनि नबनून भन्न म चाहन्छु,'उनले भने,' गरिबहरूको भविष्यमाथि खेलबाड गर्ने यो विधेयक स्वीकार्य छैन। 

उनले विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए । गरिवको भविष्यमाथि खेलबाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उक्त  विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे। सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खाजेको उनको भनाइ छ।

उनी विधेयक च्यातेर संसद्बाट बाहिरिएका छन्। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्