शिक्षकलाई सरकारले फेरि दियो धोका, शिक्षा विधेयक अझै टुंगिएन

आइतबार, असार १५, २०८२

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट आज पनि शिक्षा विधेयक पारित हुन सकेन। समितिले आज पारित गर्न तयारी गरे पनि सहमति नजुटेपछि शिक्षा विधेयक पारित नभएको हो।

बिहान ८ बजेदेखि नै समितिमा शिक्षा विधेयकमाथि छलफल  चलेको थियो। तर,सहमति भएन। समितिका सभापति अम्मर बहादुर थापाले भोलि बिहान ८ बजेसम्मका लागि समिति बैठक स्थगित गरेको जानकारी दिए।

सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेको आन्दोलन छाडेर घर फर्किएका थिए। तर,उक्त समयमा शिक्षा विधेयक जारी हुन सकेन।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्