कान्छारामले धारे हात लगाएका प्रकाशमानलाई प्रधानमन्त्रीको कार्यभार

आइतबार, असार १५, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन्।

कांग्रेस सांसद पूर्ण बहादुर तामांग कान्छारामले सदनमै धारेहात लगाएका प्रकाशमान सिंहलाई प्रधानमन्त्रीको कार्यभार तोकिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन हिजो साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्