शिक्षा समितिले विद्यालय शिक्षा विधेयक टुंगो लगाउने, पाँच समिति सक्रिय 

आइतबार, असार १५, २०८२

आज संघीय संसद अन्तरगत पाँच समिति सक्रिय भएका छन्।

आइतबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बस्दै छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतिकरण र छलफल हुने छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीयहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बसेको छ।  बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची राखिएको छ । असार १५ गते विद्यालय शिक्षा ऐन पास गर्ने भनेपनि समितिले नै बिषय टुंगो लगाएको छैन। 

बिहान ९ बजेदेखि विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल भएको छ। 

त्यस्तै ,सदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि जारी  छ । बिहान ८ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको बैठक बसिरहेको हो। 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्