सोसल मिडिया
युनिकोड
शिक्षकले एक महिने शैक्षिक हड्ताल गरेपछि कान समातेर असार १५ गते भित्रै विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिको म्याद आज सकिएको छ। तर विद्यालय शिक्षा ऐन नआउने पक्का भएको छ।
प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ। बैठकमा निजामती विधेयक छलफल गर्ने र पास गर्ने कार्यसूची छ। तर विद्यालय शिक्षा विधेयकलाई वेवास्ता गरिएको छ।
महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेको थियो । सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन । पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको छ ।
समितिमा धेरै विषयको टुंगो लागिसकेको छ । सहमति अनुसार आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् । शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको हो ।
समितिको बैठक पनि अहिले बस्ने तरखर गर्दैछ। समितिले सहमति जुटाएर विधेयक संसदमा टेबल गरे अबको हप्तादिनमा विद्यालय शिक्षा ऐन जारी गर्न समस्या भने छैन।