सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको लफडा गराएको पुरानो बसपार्कस्थित ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई प्रहरीले केहि बेर अघि नियन्त्रणमा लिएको छ। काठमाडौँ भ्यू टावर भत्काउने बालेनको रणनीति छ।
उनलाई भर्खरै अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो। इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीको नजरमा भेटवाल बैङ्किङ कसुरका पटके हुन्।