सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। दिउँसो एकबजे सिंहदरबारमा बस्नेगरि ओलीले मन्त्रिपरिषद् बैठक डाकेका हुन्।
प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जानु अघि बैठक डाकिएको हो। प्रधानमन्त्रीको स्पेन भ्रमणको स्वीकृतिको निर्णय यस अघि बसेको क्याबिनेटले गरिसकेको छ।
प्रधानमन्त्री शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्। स्पेन भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ।
२१ गते स्वदेश फर्कने प्रधानमन्त्री ओलीले डाकेको क्याबिनेटको एजेन्डाका बिषयमा भने सार्वजनिक जानकारी गराईएको छैन।