प्रस्तावित तीन न्यायाधीशविरुद्धका उजुरी आजै केलाईने, आईतवार सुनुवाई 

शुक्रबार, असार १३, २०८२

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ वटा उजुरी परेका छन्। सोही उजुरी गर्ने उजुरीकर्तासँग आज सुनुवाई समितिले छलफल गर्दैछ ।

सर्वोच्चको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध परेका उजुरीमाथि आज बिहान ११ बजेबाट छलफल हुनेछ ।

हिजो बिहीबार सिंहदरबारमा बसेको सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको थियो ।

त्यस्तै, १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्