सोसल मिडिया
युनिकोड
आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग राख्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । यो रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । रिटको पेशी छैटौं नम्बरमा तोकिएको छ ।
निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको महामन्त्री मुकुल ढकाल नै रहेको सार्वजनिक गरेपछि ढकालले अदालतमा मुद्दा हालेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेश माग गरेका छन् । उनले रिटमा पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।