माधव नेपाल थुनामा जानुपर्ने डरले बहस गर्ने वकिलको संख्या घटाइयो

बुधबार, असार ११, २०८२

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकेर यतिबेला थुनछेक बहस भइरहेको छ । विशेष अदालतमा जारी थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालको बिपक्षमा खरो बहस गरेका छन्।

बहसपश्चात नेपाललाई थुनामा पठाउने कि नपठाउने भन्ने न्यायाधीशले निर्णय लिने छन् ।नेपालका तर्फबाट बहस गर्न डेढ सय जति कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । 

सबैले बहस गर्दा आज सकिंदैन । नसकिदा नेपाल थुनामा जानुपर्ने हुन्छ । त्यसैले दुई तीन जनाले मात्र बहस गर्ने भएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्