बजेट पास गर्न एमालेको ह्वीप, माननीयको मोबाइलमा घन्टी

मंगलबार, असार १०, २०८२

नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
 
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो ।

'नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२-८३ सालको विनियोजन विधेयकलाई मिति २०८२ असार १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,' एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले जारी गरेको ह्वीपमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्