राजदूत बन्न नपाएका पूर्व मुख्यसचिव बैरागीले पाए तीस दिने जागिर 

मंगलबार, असार १०, २०८२

भिजिट भिसा प्रकरणमा छानबिनको लागि सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति बनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र सत्तापक्षबीच भएको सहमतिबमोजिम छानबिन समिति बनाईएको हो ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो । जसमा सम्बन्धित मन्त्रालयका सहसचिव राखिने भएको छ । तर, बैरागीको नेतृत्वमा गठन हुने छानबिन समितिले उचित र निश्पक्ष रिपोर्ट बाहिर ल्याउन नसक्ने भनेर अहिलेदेखि नै आलोचना सुरु भएको छ ।

बैरागी पछिल्लोपटक राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा थिए । पछि उनको नाम राजदूतमा सिफारिश भएको थियो । राजदूत हुन खुट्टा उचालेका बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकार बाट राजीनामा दिएका थिए। केही नपाएपछि त्यतिकै बसेका बैरागीले तिस दिने जागिर पाएका हुन्। 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्