सोसल मिडिया
युनिकोड
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेट विनियोजनमा मनोमानी भएको भन्दै संसदमार्फत छानबिनको माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले विनियोजन प्रक्रिया ठीक छ कि छैन भनेर छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे।
‘दुई वटा उपप्रधानमन्त्रीसँग मेरो विनम्रतापूर्वक आग्रह छ तपाईले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठिक छ कि छैन भनेर एउटा संसदीय समिति बनाऔँ,’ केसीले भने, ‘त्यसले छानबिन गरोस्।’
त्यस्तै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले शहरी विकास मन्त्रालयले विनियोजन गरेको बजेटमा आपत्ति जनाए। उनले गणेशमान र मंगलादेवीको हुर्मत लिएको भन्दै गणेशमान पुत्र मन्त्री प्रकाशमान सिङ्गको उछितो काढे।