सोसल मिडिया
युनिकोड
काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् ।
उक्त मुद्दामा बस्नेतलाई शुक्रबार दोषी ठहर गरेको विशेष अदालतले सजाय निर्धारणका लागि अर्को पेसी तोक्न पनि आदेश दिएको छ ।उक्त पेसी असार १६ गतेलाई तोकिएको छ।
अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको पनि ठहर गरेको छ। कडेलले माउन्टेन टेलिभिजन संचालन गर्दै आएका छन् ।
यो आदेशपछि निलम्बित मेयर पदमुक्त भएका छन् ।उनी काङ्ग्रेसबाट निर्वाचित भएका थिए।