भिजिट भिसा प्रकरणका कारण प्रधानमन्त्रीले उत्तर दिने कार्यक्रम कोल्याप्स

शुक्रबार, असार ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठकमा  विरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्न सोध्ने कार्यसूची थियो। 

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि छानबिन र प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्ने भन्दै विरोध जारी राखेसँगै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको सूचना सुनाए। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ।  

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्