सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन्। बानेश्वरस्थित कार्यकक्षमा अहिले सभामुख घिमिरे, मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल चलिरहेको छ।
छलफलमा एमालेका प्रमुख सचेतक महेश बर्तौता, कांग्रेस सचेतक सुशिला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र कानुनमन्त्री अजय चौरसिया सहभागी छन्।
आजकाे प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे थियाे। तर अझै बैठक सुरु हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।