सोसल मिडिया
युनिकोड
कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका छन् ।
हाङगामले आफुलाई ताप्लेजुङ्गको सरदमुकाम फुङलिङको एक क्याफेमा दुई मुक्का हानेका हुन्। अहिले झापाको प्रहरी प्रमुख रहेका राजन लिम्बू ताप्लेजुङ्ग प्रहरी प्रमुख हुँदा उनलाई सिध्याउने धम्की दिएका हाङगामले थेबेलाई मुक्का हानेका हुन्।
तमोर वारीका थेबेको तमोरपारी ससुराली पर्छ। ससुराली क्षेत्र बाट चुनाब जितेका हाङगामले थेबेलाई पिट्नुको जड भनेको पाथिभरा केबुलकार प्रकरण भएको बुझिएको छ। हाङगाम केबलकारको विपक्षमा छन् भने थेबे केबलकार साहु चन्द्र ढकालको दाहिना भएको प्रचार गरिएको छ। उनीहरू बीच ठेक्काका बिषयमा समेत बेमेल भएको बताईएको छ।