प्रधानमन्त्री ओलीलाई मुख्यसचिवले फकाए, ओलीले देउवा र प्रचण्डलाई मनाउने

बुधबार, असार ४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने तय भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

उनीहरुबीच प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको जारी अवरोध, समसामयिक गतिविधि सहित संघीय निजामती कर्मचारीको सेवा र सुविधा सम्बन्धी विधेयकका विषयमा छलफल हुने छ। 

प्रधानमन्त्री ओली २ वर्ष कुलिङ पिरियड राख्ने प्रावधान हटाउन राजी भएका छन्। मुख्यसचिव एकनारायण अर्याल र सचिव फणिन्द्र गौतमले प्रधानमन्त्रीलाई कन्भिन्स गराईसकेका छन्। देउवा र प्रचण्डको अनुमति लिएर ओली विधेयक बाट कुलिङ पिरियड हटाउन चाहन्छन। त्यसैका लागि ओलीले देउवा र प्रचण्ड बोलाएका हुन्। 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्