सोसल मिडिया
युनिकोड
आफ्नै कप्तानीमा रहने गरि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने बुझिएको छ ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो आयोग गठन गरेको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन् ।
संसद रोकेर त्यहाँ टेबुल गरिएको निजामति विधेयकमा रहेको कुलिंग पिरियड हटाउने विषयमा समेत छलफल हुने बुझिएको छ।
संघीय निजामती कर्मचारीको सेवा र सुविधा सम्बन्धी विधेयकमा २ वर्ष कुलिङ पिरियड राख्ने प्रावधान समावेश भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा थपेको यो प्रावधानमाथि मुख्य सचिव एकनारायण अर्यालसहित उच्च पदस्थ कर्मचारीले नै असन्तुष्टि जनाइरहेका छन् । यो बेला प्रधानमन्त्री ओली स्वयमले आफैं अग्रसरता लिएर छलफल गरिरहेका छन् ।
विधेयक बाट कुलिङ पिरियड हट्ने लगभग पक्का जस्तै छ।