सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखकले २० जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ ।
गृहमन्त्री लेखकस्तरीय निर्णयबाट २० जिल्लामा सिडिओ फेरिएको हो। एउटा विभागको महानिर्देशक पनि हेरफेर गरिएको छ।
सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् । गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ ।
सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ । सुनिता निरन्तर सिडिओ हुँदै आएकी छिन् । स्याङ्जाबाट तानिएकी उनी केही समय गृह बसेर ईलाम पुगेकी हुन् ।