सोसल मिडिया
युनिकोड
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएपछि पाराश्वर ढुंगानालाई कानून मन्त्रालय जिम्मा लगाएर सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी)को कायममुकायम (कामु) सचिवको जिम्मेवारी निर्मला अधिकारी भट्टराईलाई दिइएको छ।
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मलालाई टिआरसीको कायममुकायम सचिवको जिम्मेवारी तोकेको हो। ढुंगाना कानुन मन्त्रालयमा गएपछि निर्मलालाई टिआरसीमा खटाइएको हो। वरिष्ठ सहसचिव निर्मला उदयको ठाउँमा सचिव हुने भएकी छिन्। सचिव बढुवाको एक नम्बरमा पनि वरिष्ठ सहसचिव भट्टराई नै छिन्। भट्टराईले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक भएर नेपाल टेलिकममा पनि योगदान गरिसकेकी छिन्।