सोसल मिडिया
युनिकोड
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगमा कार्यरत सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई किस्तिमै राखेर सचिव पद सुम्पिएको छ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद अध्यक्षमा बसेको बढुवा समितिको बैठक सचिवमा बढुवाका लागि सहसचिवत्रय डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी र कृष्णप्रसाद काप्रीको नाम सिफारिस गरेको थियो।
पहिलो नम्बरमा घिमिरे, दोस्रो नम्बरमा सुदेवी र तेस्रो नम्बरमा काप्रीको नाम सिफारिस भएको थियो। पहिलो नम्बरमा सिफारिस भएका घिमिरेलाई पछि पार्दै दोस्रो नम्बरका डा. सुवेदीले सचिव बढुवामा बाजी मारेका हुन्। सामान्यतया एक नम्बरमै सिफारिशमा परेकालाई बढुवा गर्ने परिपाटीलाई तोडेर ओली सरकारले सुवेदीलाई अवसर दिएको हो।
महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि उक्त रिक्त स्थानमा डा. सुवेदी सचिवमा बढुवा भएका छन्।
सचिवमा बढुवा भएका सुवेदी ५८ वर्षे उमेर हदका कारण यहीँ भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैले दोस्रो नम्बरबाटै तानेर उनलाई सचिवमा बढुवा गरिएको हो। प्रशासन सेवाका सहसचिव घिमिरेलाई शिक्षातिरका सुवेदीले भाग खोसिदिएका हुन्। सुवेदी घर गए पछि मात्र घिमिरेले उनको ठाउँमा सचिव हुने मौका पाउने भएका हुन्।