सोसल मिडिया
युनिकोड
रास्वपाले संसद्को वेल घेराउ गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका सांसदहरुले विरोध गरिरहेका बेलामा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले वेल घेराउ गरेका हुन् ।
रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामामा आफ्नो अडान कायम राख्दै बैठक अवरोध कायम राख्ने निर्णय गरेपछि सभामुखले संसद् बैठक पेलेर अघि बढाउने रणनीति लिएका छन् ।
अहिले पार्टीगत रुपमा सांसदहरुले आफ्नो मत राखिरहेका छन् भने रास्वपाका सांसदहरु नाराबाजी गरिरहेका छन् ।