माओवादी बाहेकका विपक्षी मनाउन सभामुख सक्रिय

आइतबार, असार १, २०८२

सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँग सदन सञ्चालनको विषयमा आज आइतबार छलफल भएको छ। 

भेटमा सभामुख घिमिरेले सदन सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको अर्यालले जानकारी दिए। उनले भने, 'सभामुखले सदन सञ्चालनको वातावरण बनाउनुपर्‍यो त्यसका लागि सांसदहरूसँग सहजीकरण गर्नुपर्‍यो भन्नुभयो।'

जवाफमा आफूले छानबिन समिति गठन नै आफ्नो पार्टीको मुख्य माग रहेको बताएको जानकारी दिए। जवाफबारे उनले भने, 'मैले उहाँलाई छानबिन समिति गठन नभएसम्म सदनमा हाम्रो विरोध जारी रहन्छ भनेर जानकारी गराएँ।' 

घिमिरे र अर्यालबीच सभामुखकै कार्यकक्षमा छलफल भएको हो। त्यसअघि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए।  

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्