खुसीराम न्यायाधीशले गरेको फैसलाले दु:खी भएकाले तिनैलाई मिलाएर दले मोसो

बिहीबार, जेठ २९, २०८२

उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि मोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले बिहीबार दिउँसो थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो फाल्ने व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय थारु र अर्जुन महर्जनको संयुक्त इजलासले ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । न्यायाधीश थारू तिनै व्यक्ति हुन् जसले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारलाई भ्रष्टाचार मुद्दामा सफाई दिएका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्