दुई भाई सचिवलाई दायाँबाँया राखेर अर्थमन्त्रीले यसरी पढाए पाठ

बुधबार, जेठ २८, २०८२

अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई सचिवलाई दायाँबाँया राखेर उर्दी जारी गरेका छन्। 

अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। अर्थ मन्त्रालयले रोक्छ भन्ने भाष्यले काम गरिरहेका बेला अर्थमन्त्री सो निर्देशन दिएका हुन्। 

अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए। 

उनले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिए।

आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिएका छन्। अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न भनेका छन्। 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्