Dashain Banner
Dashain Banner

अब नायब सुब्बाले पनि नागरिकता दिन सक्ने, आमाको नामबाट नागरिकता पाईने

मंगलबार, जेठ २७, २०८२

आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । राज्य व्यवस्था समितिको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। 

विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो । त्यो अनिवार्यता हटेको छ। आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । 

त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ । विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउनेछन् । यस अघि यो व्यवस्था नहुँदा सेवाग्राही मारमा परेका थिए। 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्