भिजिट भिषा सदनमा पसेपछि प्रतिनिधिसभा बन्धक, कुरो उही 

आइतबार, जेठ २५, २०८२

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । दुई पटक सारेर साँझ साढे ६ बजे बसेको बैठकमा विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्मलाई स्थगित भएको छ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरूमा ३:१५ बजेका लागि सारिएको थियो । त्यसपछि अपराह्न ५:३० बजेका लागि डाकिएको बैठक साँझ साढे ६ बजे मात्रै केही मिनेट बसेर स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । सत्ता पक्ष कुनै हालतमा गृहमन्त्रीको राजीनामाको पक्षमा छैन ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्