भक्तपुर पुगेर कांग्रेसका पदाधिकारीमाथि किन खनिए शेखर ?

आइतबार, जेठ २५, २०८२

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन्।

उनले नेपाली कांग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताए। यस पटक केले महाधिवेशन रोक्यो? भन्दै प्रश्न गरे। महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्ने उनले बताए।

सांसद कोइरालाले भने, ‘अहिले त ठीकै छ, अधिवेशन हुन्छ, कहिले हुन्छ थाहा छैन। नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ। केले रोक्यो यस पटक? किन रोकिँदै छ? यसको जवाफ पदाधिकारीले दिने कि नदिने भन्ने हाम्रो प्रश्न छ। यो ठूलो प्रश्न छ।’
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्