पाँचौ पटक सूचना टाँसेर प्रतिनिधिसभा बैठक आईतवारसम्मलाई सारियो

शुक्रबार, जेठ २३, २०८२

प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि सरेको छ । 

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्