सोसल मिडिया
युनिकोड
भिजिट भिषा प्रकरणको तोडले प्रतिनिधिसभाको बैठक बन्धक भएको भयै छ। बजेट सार्वजनिक हुनु अघि र त्यसपछिका बैठक निरन्तर प्रभावित छन्। सूचना प्रकाशित गर्दै बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ। आज पनि दिनको ठिक १ बजेलाई बैठक डाकिएको छ। तर, सदन चल्ने नचल्ने टुंगो लागेको छैन।
सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेको सक्रियताले पनि काम गरेको छैन। सत्तापक्ष र प्रतिपक्षलाई चित्त बुझाएर सदनको दैनिक कामकारबाही अगाडी बढाउँ नसकिरहेका सभामुखलाई आज भने सरप्राईज दिनुपर्ने बाध्यता रहेको सत्ताधारी दलका सचेतकको तर्क छ। बजेटमाथिको छलफल गर्न पनि संसद बैठक चलाउनु पर्ने बाध्यता एका तर्फ छ भने अर्कातिर आज सभामुख घिमिरेको बैबाहिक वर्षगांठ पनि हो। सभामुखको बैबाहिक वर्षगांठको सरप्राईज दिन आजको बैठक चलाउनुपर्ने ती सचेतकको रमाईलो तर्क छ।
ताप्लेजुङ्गमा जन्मिएका घिमिरेले लमजुङ्गमा जन्मिएकी टिकादेवी बस्नेत संग विवाह गरेका हुन्। शिक्षण पेशा बाट अवकाश लिएकी घिमिरेकी पत्नी बस्नेतले सामाजिक संजालमा इलामको पशुपतिनगरमा भेट भएको उल्लेख गर्दै सभामुखलाई आफूहरूको विवाह भएको सम्झाएकी छन्।
सभामुख घिमिरे पत्नीले फेसबुकमा लेखेकी छिन्-
आज हामी दुई एक भएर वन्धनमा वाधिएकाे दिन हजुर पुर्ववाट म पश्चिम वाट आएर भेट भएकाे जीवनकाे महत्वपुर्ण दिन । जुन ठाउँमा हजुर मेराे भेट भयाे त्याे हाम्राे लागि विर्सन नसकिने ठाउँ पशुपति नगर । त्याे ठाउँ काे साथीहरू र अभिभावक ले दिनु भएकाे राम्राे व्यवहनर र मायालाई म कहिल्यै विर्सन सक्दिन ।