सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको आदेश कार्यान्वयन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छेकबार लगाउने महानगर बलका प्रमुख राजु पाण्डे प्रारम्भिक कारबाहीमा परेका छन्। गुरागाईंले पाण्डेलाई छ महिना सम्मका लागि निलम्बन गरेका छन्।
पाण्डे निलम्बित भएपछी उनले सम्हाल्दै आएको जिम्मेवारी महानगर प्रहरीका एसपी बिष्णु जोशीलाई दिईएको छ भने पाण्डे माथि छानबिन गर्न छानबिन समिति गठन गरिएको छ। निलम्बित नगरप्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ।