प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

मंगलबार, जेठ २०, २०८२

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरु छलफलमा व्यस्त हुँदा मंगलबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । 

तर, २ बजे पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्