सोसल मिडिया
युनिकोड
भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका सांसद प्रकाश ज्वालाले यातायातमा सरकारले सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका छन् ।
आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका सांसद ज्वालाले यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’
अगाडी उनले भने, ‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला । अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएपछि यातायात व्यवसायी देशभर यातायात बन्द गरि विरोधमा उत्रिएका छन् । सोमबार राति यातायात व्यवसायीका प्रतिनिधि र सरकार प्रतिनिधिविच सहमति भएको थियो । तर, सार्वजनिक यातायात भने सञ्चालन भएका छैनन् ।