सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआइ संसद् सुचारु हुन नदिने आफ्नो अडानमा कायमै रहेको छ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि मंगलबार बिहान सभामुख देवराज घिमिरेले बोलाएको मुख्य दलका प्रमुख सचेतकहरुसँगको छलफलमा माओवादीले संसद् सहज रुपमा सञ्चालन गर्न गृहमन्त्रीको राजीनामा आअउनुपर्ने सर्त कायमै राखेको हो।