सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् । उनी उद्योगमन्त्री दामोदर भण्डारीलाई भ्रमणबारे बोल्ने जिम्मेवारी सुम्पिएर बाहिरिइन् ।
“मेरो चीन भ्रमण राम्रो भयो । माननीय दामोदर भण्डारीले सबै कुरा गर्नुहुन्छ,” उनले भनिन् । सञ्चारकर्मीले चीन भ्रमणका क्रममा कम्युनिस्ट एकताको विषयमा कुरा भयो भन्ने प्रश्नमा भने भण्डारीले जवाफ दिइनन् ।