सोसल मिडिया
युनिकोड
राजालाई न्याय दिन भन्दै सडकमा निस्किएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफैं अन्यायमा परेको साबिती बयान दिएका छन्। उनले त्यस्तो बयान अरू कसैलाई नभएर आफैंलाई हराउने असली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन समक्ष दिएका हुन्।
पटक–पटक उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिलाई प्रहरीले अमानवीय व्यवहार गरेको बताएका छन् । प्रहरी नियन्त्रणबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले बर्बरतापूर्वक दमन गरेको बताए । उनले दमनले आफूहरुको आन्दोलन नरोकिने बताउँदै आन्दोलनको उचाइ थप बढ्ने बताए ।
“म अघि बढ्न खोज्दा र परिस्थितिलाई संम्यमित बनाउन खोज्दा एकजना प्रहरी जवानले घुँडामा बुटले हिर्काए,” थापाले भने, “म अघि बढ्न खोज्दा सम्बन्धित प्रहरीलाई खुट्टामा हान्यो भनेर भन्दा अरु प्रहरीले कठालो समातेर लडाए ।”
आइतबार साँझ प्रहरी कब्जा बाट छुटेका कमल राजेन्द्र भेट्न राप्रपा मुख्यालय धुम्बाराही पुगेका थिए।