सोसल मिडिया
युनिकोड
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री समेत रहेका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई पक्राउ गरिएको हो ।
राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको आरोप लगाएर प्रहरीले थापालाई थुतेको हो।