सोसल मिडिया
युनिकोड
काठमाडौं जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रमा भोलि जेठ १७ देखि असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्मको क्षेत्र निषेधित तोकिएको छ ।
त्यस्तै, महेन्द्र शालिकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रमा पनि निषेधाज्ञा लागू गरिएको छ । यो अवधिमा उक्त क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, सभा वा जमघटमा रोक लगाइएको छ।