भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको गृहमन्त्रीको बयान 

बुधबार, जेठ १४, २०८२

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्नो त्यसमा कुनै पनि संलग्नता नभएको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उनले आफूमाथि लागेका आारोपको प्रतिवाद गरेका हुन्।

‘त्रिभुवन अध्यागमनका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनीसँग रहेका कागजात र मोबाइल डिभाइसहरू सञ्चारमाध्यमबाट जानकारी पाएँ,’ लेखकले भने,‘अख्तियारले अनुसन्धान थालेको यस विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने गरी विचारहरू अभिव्यक्त भएका छन्।’

 उनले थपे, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु। निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ।'
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्