गृहसचिव दुवाडीका ‘प्यारा’ शाखा अधिकृतले किन गरे आत्महत्या ? 

मंगलबार, जेठ १३, २०८२

भिजिट भिसा काण्डले प्रतिनिधिसभाको बैठक सम्मै प्रभावित बनेका बेला गृह मन्त्रालयको प्रशासनिक नेतृत्व गरेका सचिव गोकर्णमणी दुवाडीका प्यारा शाखा अधिकृतले आत्महत्या गरेको तथ्य बाहिरिएको छ। 

लामो समय निर्वाचन आयोगमा काम गरेका शाखा अधिकृत प्रकाश भण्डारीको दुवाडी आयोगको सचिव हुँदा परिचय भएको थियो। दुवाडीको रोजाईमा परेका भण्डारी पछिल्लो समय गृहसचिव भएर दुवाडी गृहमन्त्रालय पुगेपछि उनकै सचिवालयमा कार्यरत थिए ।

निर्वाचन आयोगमा गरेको काम चित्त बुझेर दुवाडीले भण्डारीलाई गृहसम्मै ल्याएका उनलाई जान्ने बुझ्नेको भनाई छ। हो, गृहसचिव गोकर्णका तिनै प्यारा भण्डारीले आत्महत्या गरेका हुन्। 

हुम्ला जिल्लाको कायम मुकायम प्रमुख जिल्ला अधिकारी बनाएर गोकर्णले भण्डारीलाई पठाएका पनि थिए तर, धेरै दिन त्यहाँ बसेनन् । पुनः गृहमन्त्रालय नै फर्किए । त्यसपछि उनलाई सचिव दुवाडीले अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाएका थिए । जहाँको भिजिट भिसा काण्ड यतिबेला जल्दोबल्दो छ। त्यहीं कार्यरत रहेकै बेला एक महिना अगाडी शाखा अधिकृत भण्डारीले आत्महत्या गरेका हुन्। 

आफैँले डोरी किनेर घरमै डोरी घाँटीमा पासो लगाएर घरको भर्याङ्गमा झुण्डिएर भण्डारीले आफ्नो प्राण आफैंले लिनु पर्ने अवस्था कसरी आयो त्यो भने खुल्न सकेको छैन। शान्त स्वभावका भण्डारीले कहिल्यै नफर्कने बाटो किन रोज्नु पर्यो उनलाई जान्नेबुझ्ने पुर्पुरोमा हात राखेर सोच्न बाध्य छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्