भूपाल बराल सचिवमा बढुवा, चार भाइ सचिवको सरूवा

सोमबार, जेठ १२, २०८२

नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले यो निर्णय गरेको हो। 

प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए।

त्यस्तै, चार सचिवको सरुवा भएको छ। शिक्षा सचिव दीपक काफ्ले उपराष्ट्रपति कार्यालय पुगेका छन् भने त्यहाँका लोकनाथ पौडेलको शिक्षामा सरुवा भएको छ। स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई पर्यटन मन्त्रालय पठाईएको छ। महादेव पन्थलाई स्वास्थ्य मन्त्रालय तानिएको छ। उनी प्रदेश मुख्य सचिव थिए।

आजैको क्याबिनेटले प्राविधिकतर्फको सचिवमा दीनानाथ मिश्रलाई बढुवा गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्