कार्यकर्तालाई नेताको झोला मात्र नबोक्ने शेखरले पाँचथर पुगेर जारी गरे उर्दी

सोमबार, जेठ १२, २०८२

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोईरालाले काँग्रेस कार्यकर्ताहरु  स्वभिमानी बन्नुपर्ने बताएका हुन्  ।

"नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदै," कोईरालाले भने "कार्यकर्ताहरु स्वभीमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।" 

नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिडेको आरोप लगाए । ‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,” प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने “प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौ कब्जा गर्न निर्देशन दिन मिल्दैन ।” प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोईरालाको भनाई थियो । 

आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाण्डौलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरुले पनि काठमाण्डौ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोईरालाको ठहर थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्