माओवादीलाई पनि चाहियो गृहमन्त्री रमेश लेखकको राजीनामा

सोमबार, जेठ १२, २०८२

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको हो ।

‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’

उनले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएपछि चौतर्फी रूपमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको बताए । नेपाली कांग्रेसकै नेताहरूले समेत गृहमन्त्री लेखकको राजीनामा मागेको प्रवक्ता सापकोटाले स्मरण गरे ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्