भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको कांग्रेसको ठहर

सोमबार, जेठ १२, २०८२

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। 

पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीसँग भने, ‘गृहमन्त्रीज्यूले आफ्ना कुरा सबै राख्नुभयो। 

उहाँले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट छैन भन्नुभयो। त्यसपछि हामीले पनि उहाँको भनाइलाई सदर ग¥यौँ।’ भिजिट भिसा प्रकरणमा संलग्न नभएकाले राजीनामा दिन आवश्यक नभएको महतले बताए। संलग्न नभएकाले लेखक छानबिनको दायरामा नरहेकाले दोषी भनेर आरोप लगाउनुको औचित्य नरहेको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्